काठमाण्डौं-रामेछापबाट प्रतिनिधिसभामा वाम गठवन्धन तर्फका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठ विजय भएका छन् । श्रेष्ठ विनाविभागीय राज्यमन्त्री हुन् ।


ADVERTISEMENT


श्रेष्ठ ४२ हजार १ सय १६ मत गरी विजय भएका हुन् । उनका निकटतम नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । श्रेष्ठले पाएको मत तामाङको भन्दा ६ हजार ३ सय ४५ ले बढी हो ।


ADVERTISEMENT

# # #


माओवादीमा भुमिगत अवस्थामा राजनीति थालेका श्रेष्ठ २०७० को संविधानसभा निर्वाचनमा रामेछाप २ बाट निर्वाचित भएका थिए ।