काठमाडौँ– बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर चलाएको छ । काठमाडौँबाट फोहोर बिसर्जनका लागि गएका गएका गाडीलाई अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो ।


ADVERTISEMENT


अघि बढ्न नदिएका स्थानियको अवरोध हटाउनका निम्ति प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो । तर, स्थानीयबासिन्दाले उल्टै प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि बाध्य भएर हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।


ADVERTISEMENT

# # #


स्थानियबासिन्दाले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने उनको भनाई छ ।