काठमाडौं – प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । मंगलबार दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT गर्दा PROMO CODE मा “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ ।


ADVERTISEMENT


यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तर्गत ROADHOUSE PIZZA, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् ।


ADVERTISEMENT

# # #


यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।