काठमाडौं । बीमा क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफइन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरताजागरण अभियान सम्पन्न गरेको छ ।


ADVERTISEMENT


आईएमई लाइफइन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमामुलुकभर बीमा साक्षरताजागरण अभियानगरिएको हो । आईएमई लाइफइन्स्योरेन्सकाप्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागिविद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरीबीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपालको बीमा क्षेत्रको नियमनकारी निकायबीमा समितिको उद्देश्यलाई आत्मसातगर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो । बीमाकम्पनीले एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतःयो पहिलो पटक हो ।

कम्पनीका प्रमुख सञ्चालक अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

आईएमई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमाएकैदिनमा ७४८ जनालाई बीमाअभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।