काठमाण्डौं-कपिलवस्तको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिसेक प्रताव शाह विजयी भएका छन् ।


ADVERTISEMENT


भर्खरै प्राप्त विवरण अनुसार सो क्षेत्रमा शाह संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्तालाई पराजित गर्दै विजयी भएका हुन् । शाहाले १९ हजार ८ सय ६४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गुप्ताले १५ हजार ७ सय ९४ मत पाएका छन् । अब कपिलवस्तुको क्षेत्र नं.१ को मात्र नतिजा आउन बाँकी छ । सो क्षेत्रमा बामगठबन्धनका चक्रपाणि खनाल (बलदेब) अगाडी छन् ।


ADVERTISEMENT

# # #