काठमाण्डौं-प्रदेश नम्बर ५ अन्तर्गतको नवलपरासी पश्चिममा प्रतिनिधिसभा १ को (ख) मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


सूर्य चुनाव चिह्न लिएर उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका अजय शाही ६ हजार ७ सय ३० को भारी मतान्तरले विजयी भएका हुन् । विजयी शाहीले १९ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका मुकुलकुमार आर्चायले १२ हजार ६ सय ३ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


प्रदेश क मा समेत वाम गठबन्धनका दिपेन्द्र अधिकारीको अग्रता कायम छ । प्रतिनिधिसभा १ मा नेकपा एमालेका तर्फबाट चुनाव लडेका हृदयेश त्रिपाठी २ हजार ८ सय १७ मतले अगाडि छन् ।