काठमाण्डौ – एनआईसी एशिया बैंकले रु.१,००० अंकित दरका ३०,००,००० कित्ताले हुन आउने रु.३ अर्ब बराबरको “एन आई सी एशिया ऋणपत्र २०८१–८२” निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।


ADVERTISEMENT


ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रु.३ अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु.२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।


ADVERTISEMENT

# # #


यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको छ ।