काठमाडौँ – माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुर लाई क्युआर हस्तान्तरण गरेकाका हुन् ।


ADVERTISEMENT

# # #


क्यूआर सेवामार्फत देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने बैँकले विश्वास व्यक्त गरेको छ । अब ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।