काठमाण्डौं-सुनसरी क्षेत्र नम्बर १ को ‘क’ बाट बामगठबन्धनका एमाले उम्मेदवार प्रदीप भण्डारी विजयी भएका छन् । उनले १९ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईलाई ५ हजार ४ सय ७३ मत बढीले पराजित गरे । राईले १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT


सुनसरी क्षेत्र १ मा कांग्रेसले संघीय समाजवादी फोरमसंग गठबन्धन गरेको थियो । क्षेत्र १ (क) को कुल मत ६१ हजार २ सय ६ रहेको छ ।


ADVERTISEMENT

# # #