काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले आफुले पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा हुमागाईले आफुलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफुले त्यसलाई सदुपयोग गर्ने बताए । हुमागाईले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको बताए । १० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाको लागि फर्किएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले आफु नेपाली फुटबलको अहिलेको समस्याको बारेमा बोल्न नचाहेको तर जानकारी पर्याप्त रुपमा राखेको जिकिर गरे । बंगलादेशसंगको खेलका लागि ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफुले कुरा गरेको उनले जानकारी दिए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ । जसका लागि हुमागाईलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईलाई नियुक्त गरिएको जानकारी दिए ।