काठमाडौँ – नेकपा एमालेका नेता खगराज अधिकारीले गैर संसदीय मूल्यमान्यताबिपरित नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।


ADVERTISEMENT


नागरिकता बिधेयक पारित भएपनि बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अधिकारीले नागरिकता विधेयक बहुमतले पारित गरेर सत्तारुढ दललाई नै पश्चाताप हुने काम गरेको बताउनुभयो । उहाले संसदीय मूल्यमान्यता मान्नेहरुका लागि यो गम्भीर विषय भएको बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनु गल्ती भएको कुरा संसदले सावित गरेको जिकिर गर्नुभयो । नेपाली नागरिकलाई नागरिकता बिहीन बनाएर राख्नुहुन्न भन्ने सन्देश गएको उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नबिचारका लागि पठाइएको बिधेयकलाई जस्ताकोत्यस्तै पारित हुनु उचित नभएको बताइन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताकोत्यस्तै पारित भएको थियो ।