काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो ।


ADVERTISEMENT

# #


कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रनको योगदान दिए । यी दुईले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।

कर्णालीले सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो । मार्क वाट एक रनमा आउट हुँदा दीपक डुम्रेले १३ रन बनाए । जनकपुरबाट डेब्यु गरेका राहुल यादवले पहिलो बलमै विकेट लिँदै डुम्रेलाई पभेलियन फर्काएका थिए । हुसेन तलत तीन रनमा आउट भए ।


ADVERTISEMENT

#
#


त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए । नन्दन यादव नौ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे ।

बलिङतर्फ जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए । मोइन अली र राहुल यादवले दुई–दुई तथा ललित राजवंशीले एक विकेट हात पारे ।

अब जनकपुर बोल्ट्सले जितका लागि २० ओभरमा १३३ रन बनाउनुपर्नेछ ।