एजेन्सी- फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन यतिबेला चर्चामा छिन् । उनले रक्सी खाएर नाचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ।


ADVERTISEMENT


उनको यस हर्कतलाई विपक्षी नेताहरूले मारिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाउँदै परीक्षणको माग गरेका छन् । तर, यता मरिनले भने पार्टीमा मदिरा मात्र पिएको स्पष्ट पारेकी छिन् ।


ADVERTISEMENT

# # #


उनले उक्त पाटो आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन्। ‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनी हुन्,’ उनले भनेकी छन्। लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको उनको भनाई छ । संगै उनले आफुजस्तो छु त्यस्तै रहने भन्दै आफुलाई परिवर्तन नगर्ने बताएकी छन् ।

३४ वर्षको उमेरमा सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री घोषणा भएकी मरिन त्यतिबेला संसारकै सबैभन्दा कान्छी सरकार प्रमुखको रुपमा समेत परिचित थिइन् ।