काठमाडौँ– गत आइतबार काठमाडौँ आएलगत्तै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहमाथि वाकयुद्वमा होमिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सो क्रम अझै रोकिएको छैन । उनले त्यसयता महानगरका मेयरले काम गर्न नसकेको भन्दै दैनिक रुपमा सामाजिक सञ्जालमा विभिन्न पोष्टहरु गर्ने क्रम जारी छ ।


ADVERTISEMENT


साम्पाङले सबैभन्दा पहिले ‘काठमाडौँको चिल्ला गाडी र फराकिलो सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने यो शहरको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ भन्दै स्टाटस पोष्ट गरेका थिए । त्यसपछि पनि उनले केहि न केहि लगातार पोष्ट गरिराखेकै थिए ।


ADVERTISEMENT

# # #


यता निरन्तर फोहोर व्यवस्थापन प्रयासमा खटिदैँ गरेका महानगरमा जब फोहोर उठ्न थाल्यो साम्पाङले त्यसको श्रेय पनि आफैँलाई दिदैँ फेरि अर्काे स्टाटस लेखे, ‘जसले जे भनोस्, तर म काठमाडौँ नगएको भए फोहोर नउठ्ने रै’छ ! कमसे कम काम त शुरु गरे !’ उनको यो पोष्टले कहिँ न कहिँ प्रभाव परेको कारण हुनुपर्छ बालेनले पनि उनको पोष्टमा कमेन्ट गर्दै भने, ‘हो नि तपाईकै चुनाव चिञ्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

सामाजिक सञ्जालमा चलेको मेयरद्वय साम्पाङ र साहबीचको वाकयुद्व ।

बालेनको एउटा कमेन्टले रन्थनिएका हर्कले त्यसपश्चात् त झनै उग्र रुपमा स्टाटसहरु लेख्न थाले । यहाँसम्मकी उनले महानगरका प्रमुखलाई लक्षित गर्दै ‘नालायक’ सम्म भन्न भ्याएका छन् । जसलाई अधिकांश जनताले पचाएका छैनन् । उनको यस हर्कतविरुद्व चौतर्फी आलोचना समेत भइरहेको छ । तर, पनि साम्पाङ लगातार एक्लै वाकयुद्वमा होमिरहेकै छन् । आज बिहान मात्रै पनि उनले एउटा स्टाटस लेख्दै भनेका छन्, ‘काठमाडौँको बसाई मेरो लागि ठिकै भो । तर, उपमेयरज्यु फोहोरले गर्दा बिरामी हुनु भो ! अझै उठ्न सक्नु भा छैन । अब यसको क्षतिपूर्ति कसले तिर्ने होला ? लु हासुम’ ।

यतिले नपुगेर उनले फेरि लाइभ बस्दै भनेका छन्, ‘काठमाडौँ गइयो । काठमाडौँ हरिबिजोग । फोहोरसम्म उठाउन नसक्ने साथीहरुलाई मैले काम गर है भनेको अहिले ह्याँ गीत गाउँदै छ, थुप्रो गीत गाउँदै छ ।’ यस्तै, काठमाडौँ सबैको राजधानी भएको भन्दै उनले लाइभमा भनेका छन्, ‘जबसम्म त्यहाँको फोहोर उठ्दैन तबसम्म मेरो प्रहार भइरहन्छ ।’

यस्तो छ, साम्पाङ लाइभ बसेको भिडियो ।

https://www.facebook.com/100057352183960/videos/922898178549461