काठमाण्डौं-तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने अवस्था आएको छ । उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन् ।


ADVERTISEMENT


हारसँगै उनको तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए । २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए । त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए । यसपटक निर्वाचन क्षेत्र निर्धारण पछि उनी तनँहु १ बाट उम्मेद्वार बनेका थिए ।


ADVERTISEMENT

# # #


तर यसपटक वाम गठबन्धनको चुनावी लहरले पौडेललाई बगाउने निश्चित देखिएको छ।

पछिल्लो अपडेट अनुसार बाम गठबन्धनका एमाले उम्मेद्वार कृष्णकुमार श्रेष्ठ ‘किसान’ भन्दा पौडेल ५ हजार ५ सय २४ मतले पछाडि छन्। श्रेष्ठको मत २९ हजार ३ सय ८१ छ भने पौडेलको मत २३ हजार ८ सय ५७ छ ।

तनँहु १ का निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालका अनुसार हालसम्म तनँहु १ को ५८ हजार २ सय १२ मत गणना भएको छ। त्यहाँ ६८ हजार मत खसेको छ। र, अब १० हजार मत गणना गर्न बाँकी छ । यस्तोमा अब जितका लागि पौडेलले सबैजसो मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । जुन सम्भव देखिदैँन । पौडेलले १० हजारको ८ हजार मत आफ्नो पक्षमा पारे मात्र जित्न सक्छन् ।