नुवाकोट– नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भए । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भए । तामाङले ३६ हजार ४७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरे । विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा महतले तामाङलाई पराजित गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी का।ग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे ।

यस्तै प्रतिनिधिसभा सदस्य–१ प्रदेश क मा नेकपा माओवादी केन्द्रका राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

यस्तै प्रदेश ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भए । कांग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उनका निकटतम प्रतिष्पर्धी बनेका छन् ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा क मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरे । प्रदेशसभा ख मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसकाजगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरे ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका थिए । , रासस ।