काठमाडौँ- नीति अनुसन्धान प्रतिष्ठान, नेपालको आयोजनामा काठमाडौंमा नेपाल र विश्व समूदायबीचको सम्बन्धका बारेमा अन्तराष्ट्रिय गोष्ठी हुने भएको छ ।


ADVERTISEMENT


प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १० गते देखि १२ गतेसम्म काठमाडौंमा अन्तराष्ट्रिय गोष्ठिको आयोजना गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


नेपालले भविष्यमा विश्वलाई हेर्ने नीतिका बिषयमा सम्मेलनबाट विशेष विषयवस्तु प्रकाशन गरिने प्रतिष्ठानका निर्देशक दिपक कुमार अधिकारीले जानकारी दिए । गोष्ठिमा अन्तराष्ट्रिय सम्बन्धको अध्ययन गरेका ४० बर्ष भित्रका युवा विज्ञहरुको सहभागीता रहने अधिकारीले जानकारी दिए । सम्मेलनमा विभिन्न विषयमा ८ वटा कार्यपत्र प्रस्तुत हुने उनको भनाइ छ ।

सम्मेलनको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।