काठमाडौँ– काभ्रेको बनेपामा एक जना बन्दकर्तालाई स्थानियले कुटपिट गरेका छन् । बन्दको नाममा सवारी साधनहरु तोडफोड गर्न लागेपछि स्थानियले उनलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएको हो ।


ADVERTISEMENT


बन्दकर्तालाई नियन्त्रणमा लिई कुटपिट गर्ने क्रममा प्रहरी घटनास्थल पुगेको थियो । त्यसलगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् । बन्दकर्तामाथि हातपात भएको उक्त भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल समेत भइसकेको छ । भिडियोमा कुटपिटबाट युवकको कपडा च्यातिएको समेत देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका युवक चार कम्युनिष्ट पार्टीमध्येको एक पार्टीको कार्यकर्ता रहेको बुझ्नमा आएको छ ।