काठमाडौँ – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।


ADVERTISEMENT


बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७५३ मतको अन्तरले उनी पराजित भएका छन् ।


ADVERTISEMENT

# # #


सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए । उपाध्ययक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए । गौतमकै जोडबलमा पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन भएको थियो ।

यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याएको छ । यस्तै संघीय समाजवादीका काशीमअली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पौडेलले ५४४, एराप्रपा राषट्रवादीले २४९ मत ल्याएका छन् ।

एमालेको शीर्ष नेतामध्ये निर्वाचन हार्ने वामदेव एक्ला नेता बनेका छन् ।