बुटवल –  रूपन्देहीको क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका हुन् । उनी ३४ हजार १ सय ५१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।


ADVERTISEMENT


विश्वकर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत ल्याएका छन् । वर्तमान खानेपानी तथा सरसफाइ राज्यमन्त्री रज्जाकलाई हराउँदै विश्वकर्माले रुपन्देही १ मा एमालेलाई कमब्याक गराएका छन् ।


ADVERTISEMENT

# # #


२०७० संविधानसभा निर्वाचनमा यी दुवै अनुहार चुनावी मैदानमा थिए । र, कांग्रेसका रज्जाकले बाजी मारेका थिए ।