काठमाण्डौं-कञ्चनपुर क्षेत्रनम्बर २ बाट कांग्रेस नेता एनपी साउद पराजित भएका छन् । उनलाई एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । आइतवार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् ।


ADVERTISEMENT


निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८९३ मत प्राप्त गरेका छन् । कञ्चनपुर क्षेत्रनम्बर ३ मा एमाले उम्मेदवार दीपक प्रकाश भट्टले अग्रता कायम राखेका छन् ।


ADVERTISEMENT

# # #