काठमडौँ – नक्सापास नगरी बनाइएका अवैध संरचना भत्काउने अभियान सुरु गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको निरीक्षणमा निस्किए ।


ADVERTISEMENT


त्यहाँ पुग्दा उनले कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग नक्सा पास नगरी अवैध संरचना बनाएको र पार्किङलाई व्यापारिक प्रायोजनका लागि भाडामा दिएकाले हटाउन आग्रह गरे । तर, निर्देशक शर्माले आफूले नक्सा पास गरेर नै संरचना बनाएको दाबी गरे ।


ADVERTISEMENT

# # #


लगत्तै मेयर बालेनले निर्देशक शर्मालेसँग अल्फाबिटा हाउसको नक्सा मागे । तर, निर्देशक शर्मालेले नक्सा आफूसँग नभएको उल्टै महानगरपालिकासँगै हुनुपर्ने तर्क गरे । उनको व्यवहारसँग आक्रोशित बालेन कड्किए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? तपाईंको घरको नक्सा मसँग हुने कि तपाईंसँग हुने ?’

हातमा सूचनाको प्रिन्ट देखाउँदै उनले भने, ‘तपाईंको घरको नक्सा मसँग हुन्छ ? यहाँनेर यत्रो सूचना दिएको छ, ३५ दिनभित्र खाली गर भनेर सूचना दिएको छ, यो के हो ?’

 निर्देशक शर्मालेले नक्सा मागेपछि बालेन कार्यालय फर्किएर नक्सा खोजे । नक्सामा अल्फाबिटाले नक्सा पास नगरी अवैध संरचना निर्माण गरेको र पार्किङका लागि छुट्याएको संरचना समेत व्यापारिक प्रायोजनका लागि भाडामा दिएको पाइयो ।

लगत्तै उनी नक्सा र डोजर लिएर अल्फाबिटाको संरचना भत्काएर फर्किए । संरचना भत्काएपछि मेयर बालेनले आफूले केही नबिराएको बताएका छन् । उनले सामासजक सञ्जालमा भनेका छन्, ‘उनले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैँले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैँले के बिराए !’

साथै मेयर बालेनले अवैधानिक संरचना हटाउन र नक्सा पास भएअनुसार नै संरचना प्रयोगमा ल्याउने आग्रह समेत गरेका छन् ।

यसअघि कामनपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरू गरेको हो। उक्त कार्य सुरु गरेसँगै आगामी दिनमा पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ।

ठूल्ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइएकाले कामपाले यस किसिमको कदम चालेको जनाएको छ।