काठमाडौं – नेपाल प्रहरी शिक्षालयमा कार्यरत प्रहरी निरीक्षक धन बहादुर मल्ल ठकुरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार प्रहरी  निरीक्षक मल्ल ठकुरीले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।


ADVERTISEMENT


उनलाई  शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक  सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा बिदाई कार्यक्रम  गरिएको हो । 


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा प्रहरी  निरीक्षक मल्ल ठकुरीलाई उनले खेलेको भूमिकाको प्रशंसा गर्दै  कार्यक्रमका प्रमुख अतिथी एवम् शिक्षालयका महानिरीक्षक भण्डारीले सम्मान पत्रले सम्मान गरे ।

प्रहरी निरीक्षक मल्ल ठकुरीलेले तालिम प्रदायक संस्थामा लामो समय बसेर दक्ष प्रहरी उत्पादन गर्न खेलेको भूमिकाको महानिरीक्षक भण्डारीले मुक्तकण्ठले प्रशंसा गरे ।

मल्लले निभाएको भूमिकाको प्रशंसा गर्दै महानिरीक्षक भण्डारीले भने, ‘उहाँको काम प्रतिको लगनशीलता, ईमान्दारिता तथा व्यावसायिकताको संगठनले सँधै उच्च मुल्यांकन गरेको छ, अवकाशप्राप्त जीवन सुखद रहोस् । उहाँलाई मेरो शुभकामना छ ।’

प्रहरी  निरीक्षक मल्ल ठकुरी २०५० सालदेखि प्रहरी जवान पदमा भर्ना भई निरन्तर सेवामा सक्रिय रहेका थिए । उमेर हदका कारण पदोन्नती भई शुक्रबार मल्ल ठकुरीको बिदाई गरिएको हो ।