झापा – झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले  ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।


ADVERTISEMENT


घटना शुक्रबार राति १०ः१० बजेको भएको  झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख  एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । ।