काठमाण्डौं-सप्तरीको प्रतिनिधिसभा १ को (ख) राजपा–फोरम गठबन्धनका उम्मेदवार ७० वर्षीय नवलकिशोर साह सुडी दोब्बरभन्दा बढी मतको अन्तरले विजयी भएका छन् ।


ADVERTISEMENT


निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारभन्दा सात हजार तीन सय १४ मत बढी ल्याएका राजपाका उपाध्यक्ष सुडीले १३ हजार छ सय ४७ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका उम्मेदवार बद्रीनारायण महात्मानले ६ हजार तीन सय ३३ र माओवादीका सकिल अलि मियाँले ६ हजार दुई सय ५७ मत ल्याए ।

हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ३, १० समाविष्ट सो क्षेत्र मधेस गठबन्धनको पकड क्षेत्रका रुपमा मानिन्छ

। हनुमाननगर कंकालिनीमा सुडीकै छोरा शैलेशकुमार साह फोरमका उम्मेदवारलाई पराजित गरी प्रमुखमा निर्वाचित भएका थिए ।