काठमाण्डौं-म्यानचेष्टर सिटिले जारी सिजनको प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । म्यानचेष्टर डर्बिमा गएराती युनाईटेडमाथि २–१ को जित हात पार्दै सिटिले महत्वपुर्ण अंक हात पारेको हो ।


ADVERTISEMENT


सिटिको जारी लिगमा यो १५ औ जित हो । ४३ औँ मिनेटमा डेभिड सिल्भाको गोल मार्फत अग्रता बनाएको सिटिले पहिलो हाफको अन्तिम मिनेटमा गोल खाएको थियो । युनाईटेडका मार्कोस रासफोर्डले बराबरी गोल गरे ।


ADVERTISEMENT

# # #


६५ प्रतिशत बल पोजिशन बनाएको सिटिले दोस्रो हाफमा थप दबाब बनाएको थियो । खेलको ५४ औँ मिनेटमा निकोलस ओटामेण्डीले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याएका थिए । त्य

सपछिको समयमा युनाईटेडले थप गोल गर्न नसक्दा पराजय भोग्न बाध्य भयो । १६ खेलको समाप्तीमा ४६ अंक जोडेको सिटि दोस्रो स्थानको म्यानचेष्टर युनाईटेड भन्दा ११ अंकले अघि छ । ग

एरातीकै अन्य खेलमा आर्सनल र साउथ हेम्प्टन तथा लिभरपुल र एभर्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।