काठमाण्डौं-नेपाल आयल निगमले पेट्रोलियमको मूल्यमा बुधबार रातिदेखि वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीले पनि हवाई भाडामा इन्धन शुल्क बढाउने निर्णय गरेका छन् ।


ADVERTISEMENT


वायु सेवा सञ्चालक संघले मंगलबारदेखि लागू हुने गरी नयाँ भाडादरमा टिकट बिक्री गर्ने जनाएको छ । संघको सदस्य एयरलाइन्स सिम्रिकका प्रबन्धक प्रज्ज्वल थापाका अनुसार संघले सबैभन्दा धेरै इन्धन शुल्क काठमाडौं–धनगढीको रुटमा २ सय २० रुपैयाँ बढाएको छ । सुगम रुटमा सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ४५ रुपैयाँ बढेको छ ।


ADVERTISEMENT

# # #


निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । आन्तरिक उडानमा एयरलाइन्सले यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक राखेका हुन्छन् ।

अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढेको हो । हवाई इन्धनमा कम्तीमा प्रतिलिटर ५ रुपैयाँ घटे वा बढे इन्धन शुल्क पनि घटबढ हुने गर्छ ।