काठमाडौँ – कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिएका हुन् ।


ADVERTISEMENT


माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजिनामा दिएका हुन् । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैको राजिनामा स्वीकृत गरी सकेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरूको राजिनामासँगै सरकारले सोमबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । सरकारको मन्त्रिपरिषद्लाई समावेशी बनाउन मन्त्री परिवर्तन गर्न लागिएको जनाइएको छ । सोमबार नयाँ मन्त्रीको नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए ।

माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मन्त्रीका लागि सांसद रातो कामी र कृष्णा शाहलाई सिफारिस गर्ने तयारी गरिएको जानकारी दिए ।