काठमाडौँ – भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो लागेको छ ।


ADVERTISEMENT


यसअघिका बर्षमा कोरोना जोखिमका कारण कम दर्शनार्थी पुगेपनि यस बर्ष दत्तात्रय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।


ADVERTISEMENT

# # #


भगवान दत्तात्रय भगवान शिवका गुरु हुन् । धार्मिक विधि अनुसार गुरु अर्थात दत्तात्रयको दर्शन गरेपछि मात्रै शिवको दर्शन तथा पूजा गर्नु पर्ने मान्यता छ । त्यस्तै तीजका अवसरमा भक्तपुरको डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ ।