काठमाडौँ – मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन गरिएको छ ।

शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे लगाएतले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन् । उक्त कृतिलाई बुकहिल प्रकाशक गरेको हो । कृति विमोचन गर्दै कांग्रेस महामन्त्री थापाले बाआमा भित्र आफ्नै कथा समेटिएको अनुभव भएको बताए ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



विश्वास र यथार्थको सम्मेलनबाट नै सत्य स्थापीत हुने कुरा कृतिमा उल्लेख गरिएको उनले बताए । विमोचनका क्रममा साहित्यकार नयनराज पाण्डेले इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उमेदवार बनाउँदै गरेको र यसका बारेमा कथा लेख्ने दिन आउने बताएपछि थापाले यस्तो निर्णय पार्टीले नगर्ने भन्दै विश्वस्त हुन आग्रह गरेका थिए ।

जिमोचन कार्यक्रममा लेखक जोशीले आफु शिक्षक पेशाबाट लेखक बनेको भन्दै सवैको साथ र समर्थन पाएको जिकिर गरे ।

‘बाआमा’ साहित्यकार जोशीको तेस्रो कृति हो । यसअघि उहाले ‘ऐना’ र ‘सखी’ प्रकाशित गरिसक्नुभएको छ भने ‘ऐना’ले मदन पुरस्कार समेत जितेको थियो ।