काठमाडौं-रुसले सिरियामा तैनाथ आफ्ना सैनिकलाई फर्काउन शुरु गरेको छ ।


ADVERTISEMENT


सिरियाको अनौपचारिक भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले हिजो आंशिक रुपमा सैनिक फिर्ता पठाउन निर्देशन दिएका हुन । सैनिक फिर्ता लैजाने क्रम सिरियाको अवस्थामा भर पर्ने रुसका रक्षामन्त्री सेर्गेई शोइगुले बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति पुटिनले आंतकवादी समुह पुन सक्रिय भए कारवाही तथा आक्रमण बढाइने बताएको त्यहाँको सरकारी समाचारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

पुटिनले सिरिया शान्ति स्थापनाको पहल गर्न इरान र विपक्षीलाई सहयोग गर्दै आएको टर्कीसँग समेत वार्ता गर्ने बताएका छन् । यसअघि गत बर्ष पनि पुटिनले सेना फिर्ता लैजाने घोषणा गरेपनि रुसी सेनाले कारबाही जारी राखेको थियो ।

सिरियामा जारी गृहयुद्धमा सरकारी सेनाको सहयोगमा खटिएको रुसी गठबन्धनले महत्वपुर्ण भूमिका खेलेको बीबीसीले उल्लेख गरेको छ । सिरिया र रुसी गठबन्धनले सिरियामा इश्लामीक स्टेट आईएसविरुद्ध कारवाही गर्दै आएका छन् ।