काठमाडौं –  नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। उनीमाथि एक किशोरीले जबरजस्ती करणीको आरोप लागाएपछि उनले निर्दोष भएको बताएका हुन् ।


ADVERTISEMENT


क्रिकेट एशोशियसन नेपाल (क्यान)ले  सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि  सहयोग गर्न आग्रह समेत गरेको क्यानका एक पदाधिकारीले बताए ।


ADVERTISEMENT

# # #


हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी २० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।लिग सकेपछि सन्दीपले नेपाल फर्कने जानकारीसमेत दिएको पधाधिकारीले बताए ।

सन्दीपलाई एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन्।