काठमाडौं-प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) बाट वामगठबन्धनका उम्मेदवार दीपक थापा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएका थापाले निर्वतमान सांसद कमल प्रसाद पंगेनीलाई २ हजार ७ सय २६ मतान्तरले पछाडी पार्दै जित हात परेका हुन् । पंगेनी नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति समेत हुन् ।


ADVERTISEMENT


माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार परिषद सदस्य थापाले १७ हजार ६ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी पंगेनीले १४ हजार ३ सय ९२ मत ल्याए । त्यसैगरी राप्रपा नेपाल उम्मेदवार भूकिजंग केसी ४ सय ४४, जनमुक्ति उम्मेदवार रुद्र थापा १ सय ५६, मंगोल नेसनल अर्गनाइजेसन उम्मेदवार दुर्गाराम गुरुङले १ सय ३३ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


५३ हजार ३ सय ४८ जना मतदाता रहेका उक्त प्रदेशमा ३३ हजार ४ सय ९५ मत खसेको थियो । जस मध्ये ३२ हजार ७ सय ९१ मत सदर र ७ सय ३ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत रमेशकान्त अधिकारी बताए । अहिले सम्मको मतगणना अनुसार स्याङजाको सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।