काठमाडौँ – नबिल बैंकले एकैदिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले आइतबार काठमाठौँको मूलपानी, साँखु, भागवान पाउ (डल्लु) तथा इलामको मंगलबजार, झापाको सुरुङ्गा र काँकडभिट्टा, ललितपुरको मंगलबजार र चितवनको भण्डारामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


जस अनुसार साँखु शाखाको शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे । यस्तै मंगलबजार शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा र मुलपानी शाखाको कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै भगवान पाउ (डल्लु) शाखाको उद्घाटन काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितले संयुक्त रुपमा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितिमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । यस्तै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए ।

बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू विस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिति गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । उद्घाटन कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका प्रमुख अतिथीहरुले नबिल बैंकको शाखा विस्तारसँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु बिना झन्झट पाउने विश्वास व्यक्त गरे । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरे ।

आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ ।