काठमाडौँ – महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले श्रीलंङ्काविरुद्ध शानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा नेपालले श्रीलंङ्कालाई ६–० गोलले हराएको हो ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा भएको खेलको पहिलो हाफमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको थियो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले समान १–१ गोल गरे ।


ADVERTISEMENT

# # #


सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दीपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । यस्तै दोस्रो हाफमा नेपालले थप २ गोल गर्यो । दुबै गोल अस्मिना कार्कीले क्रमशः ७७औँ र ९०औँ मिनेटमा गरिन् ।

७ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल दोस्रो जितसँगै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । यस्तै समूह ‘बी’बाट १ जितसहित भुटान पनि सेमिफाइनल प्रवेश गरेको छ । दुवै खेल हारेको श्रीलङ्कका प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै समूह ‘ए’बाट भारत र बंगलादेश १ खेल अगावै सेमिफाइनल प्रवेश गरेका छन् भने पाकिस्तान र माल्दिभ्स बाहिरिएका छन् ।

समूह ‘बी’को विजेता बनेको नेपालले सेमिफाइनलमा समूह ‘ए’को उपविजेतासँग खेल्नेछ । जस अनुसार समूह ‘ए’मा भारत र बंगलादेशबीचको खेलमा हार व्यहोर्ने टोलीसँग नेपालको भेट हुनेछ ।