काठमाडौँ – मिटरब्याज पीडितहरुले शुक्रबार ४५औं दिन पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।


ADVERTISEMENT


आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ ।


ADVERTISEMENT

# # #


यसैक्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन् । अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरुको पक्षमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।