काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३, फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता तीन जनाको शव मंगलबार फेला परेको छ ।


ADVERTISEMENT


उनीहरुको शव बस दुर्घटनाको दुई हप्तापछि मंगलबार त्रिशूलीका विभिन्न ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मंसिर १३ गते बिहान भएको घटनामा सातजना बेपत्ता भएका थिए ।


ADVERTISEMENT

# # #


प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क–९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव भेटिएको हो । कार्की र थापाको शव घटनास्थलबाट केही तल र रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फको कालीखोला किनारमा फेला परेको हो । कार्की र थापासँगै अर्का सनाखत नभएका एक पुरुषको शव पनि फेला भेटिएको छ ।

प्रनाउ ढकाल अनुसार परिवारको निवेदनका आधारमा अझै ३ जना वेपत्ता छन् । घटनामा मृतकको संख्या १० पुगेको छ । घटनामा २२ जना घाइते भएका थिए ।

लु २ ख २९१ नं को उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो ।