काठमाडौं-नेपाल तरुण दलका केन्द्रीय महामन्त्री तथा लोकतान्त्रीक गठबन्धननबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भुपेन्द्रजंग शाहीले आफु पराजीत हुदा पनि बाम गठबन्धनको खुसीयाली जुलुुसमा सहभागी भएर बिजयी उम्मेद्वारलाई बधाई तथा सबैलाई धन्यबाद दिएपछि बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई समेत भावुक बनायो ।


ADVERTISEMENT


मुख्य निर्बाचन अधिकृतको कार्यालयबाट निर्बाचनको परिर्णाम घोेषणा भएसँगै जिल्ला विकास समितिको खुल्ला मञ्चमा भएको बाम गठबन्धनको बिजयी जुलुसमा लोकततान्त्रीक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तरुण महामन्त्री शाही भई सँगै रमाएर उच्च राजनीतिक संस्कार र महानता देखाएको भन्दै सयौ नेता तथा कार्यकर्ताहरु भावुक भए ।


ADVERTISEMENT

# # #


कालिकोट जिल्लामा सांगठानिक रुपमा पसिहलो दल नेकपा माओबादी केन्द्र र दोस्रो दल नेकपा एमालेको गठबन्धका उम्मेद्वार दुर्गबहादुर रावतसँग झण्डै साडे चार हजार मतको अन्तरमा निकै लोकप्रिय मत ल्याएर पराजित तरुण महामन्त्री शाहीले निर्बाचनको परिर्णाम आफ्नो पक्षमा नआएपनि जिल्लाको समग्र विवकासमा आफु कहिलै न हार्ने बताए ।

तरुण महामन्त्री शाही बाम गठबन्धनबाट बिजयी दुर्गबहादुर रावतलाई बधाई दिएर बिजयी जजुलुसमा सहभागी भएपछि नेकपा एमाले र माओबादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सेल्फी खिच्दै सामाजिक संजाल मार्फत प्रसंसा गरे ।

२०७० सालको दोस्रो संबिधान सभाको निर्बाचनमा पनि कालिकोट जिल्लामा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा गएका महामन्त्री शाहीले आफुले पार्टीको संगठन कम्जोर हुँदा पराजय भोगे पनि आम नागरिकको मन जित्न सफल भएको र मतदाताहरुको आशा अपेक्षा पनी आफु प्रति रहेको बताएका थिए ।

२०७० सालको दोस्रो संबिधान सभाको निर्बाचनमा पराजय हुँदा पनि जिल्लाको विकास र सामाजिक अभियानमा सक्रिय भएका शाहीले अझै पनि आफु जनताको माजमा रहीरहने प्रतिबद्धता जनाउका छन् । उनले सामाजिक संजाल मार्फत आफुलाई मत दिने, मत दिने चाहाना हुँदा हुँदै पनि फरक पार्टीको नेता तथा कार्यकर्ता भएकाले नदिने, आफु प्रति सद्भाव राख्ने आम मतदाता तथा नागरिकहरुलाइई धन्यबाद समेत दिएक छन् ।

उनले ससामाजिक संजाल मार्फत यसरी मतदाताहरुलाई धन्यबाद दिएका थिए, आदरणीय कालिकोट बासी आमबुबा दाजुभाइ दिदिबहिनीहरु यहाहरुले म प्रती देखाउनु भएको सुभेक्षा, शुभकामना, सद्भाव, समर्थन र सहयोगको लागि म आभारी छु । निर्वाचनको परिणाम मेरो पक्षमा नआय पनि तपाईंहरूले जुन म प्रती माया ममता र सद्भाव देखाउनु भयो र आफ्नो अमुल्य मत दिनु भयो त्यस प्रती म कृतज्ञ तथा आभारी छु र ह्ृदय देखिनै धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको गुण जीवन भर सम्झिने छु ।

हुनत समय परिस्थितिले भनौ या मेरो भाग्यले भनौ म दोस्रोपटक पराजित हुन पर्यो तर पनि मैले हार खायको छैन, मेरो मनोबल घटेको छैन । कसैलाई लाग्छ होला भुपेन्द्र हारेर निरास बन्छ, आत्तिन्छ होला , थाक्छ होला तर म अझै नया उर्जा बोकेर नया हौसला बोकेर नया बिचार र नया भिजन बोकेर जनताको सेवामा झनै समर्पित भएर लाग्नेछु ।

ब्यक्तिगत रूपमा म हार्दैमा केही छैन तर कालिकोटको बिकास नहारोस, कालिकोटको समृद्धि नहारोस,कालिकोटको समुन्नति नहारोस,जिल्लाको बिकास नहारोस । मेरो जिबनको एउटै सपना सुन्दर कालिकोट समृद्ध कालिकोट हो । बिकास र परिबर्तनको अभियान निरन्तर जारी रहनेछ ।

यो निर्वाचनमा बिजयी हुने प्रतिनिधि सभामा आदरणीय दुर्ग बहादुर रावत, प्रदेस सभा १ मा आदरणीय कुर्मराज शाही र २ मा आदरणीय महेन्द्र बहादुर शाही लाई हार्दिक बधाई दिन चाहन्छु । साथै उहाहरुको नेतृवमा सुन्दर कालिकोट समृद्ध कालिकोट बनाउने अभियानमा सधै मेरो साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।