अबुजा । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।


ADVERTISEMENT


सो दुर्घटनामा परेर अरू सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले यहाँको उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


यहाँ सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

यहाँ बेपर्बाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र यहाँका सवारी साधनहरूले क्षमता भन्दा पनि बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरूले जनाएका छन् ।