काठमाडौँ – नेपालको संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी सविधान दिवस मनाइएको छ ।


ADVERTISEMENT


जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान आठौँ वर्षमा प्रवेश गरेको अवसरमा आठौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेल समेत विशेष समारोह आयोजना गरिएको थियो ।


ADVERTISEMENT

# # #


समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहलाई प्रधानमन्त्री देउवाले विशेष सम्बोधन गरे । उनले संविधानको कार्यान्वयनले गति लिएको र मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताए । उनले राजनीतिक परिवर्तनसँगै यस प्रणालीलाई संस्थागत गर्न हाम्रा सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता समेत औँल्याए ।

हेर्नुहोस् टुँडिखेल मनाइएको संविधान दिवस:

सबै तस्बिर : रासस