काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानविनको प्रतिवेदनलाई ‘कथित प्रतिवेदन’ को संज्ञा दिएका छन् ।


ADVERTISEMENT


सोमबार नेम्वाङले कसैसंग छलफल नगरी एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ‘कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन् । निलम्बित प्रधानन्यायशीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सबै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘उहाँविरुद्ध छानबिन गर्न गठित महाभियोग सिफारिस समितिले प्रतिनिधिसभामा पेश गरेको त्यो कथित रिर्पोट, कथित किन भनेँ भने त्यो रिपोर्ट नै होइन । रिपोर्ट भनेको त प्रमाणहरुको बारेमा छलफल हुन्छ, बयानहरुको बारेमा छलफल हुन्छ । सबै सदस्य बसेर छलफल हुन्छ । कतै छलफल गरिएन, खुरुखुरु लेख्नुभो, बुँदाहरु हास्यास्पद छन् ।’

नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाई छ ।

उनले थपे, प्रतिवेदन सभामुखलाई बुझाएकै राती १२ बजे संसद अधिवेशन अन्त्य भयो, त्यससँगै प्रतिवेदन पास हुन पाएन । पासै नभएको प्रतिवेदनले गर्दा प्रधानन्यायाधीशलाई पुलिस लगाएर निवासमै थुनियो । यो त लज्जास्पद भएन ?’  उनले गिरफ्तार गरेसरह सरकारले जबरालाई निवासमा राख्नु कानूनी मूल्यमान्यता विपरित रहेको पनि बताए ।

त्यस्तै नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे ।