काठमाडौं-हिउँदयामको माग धान्न विद्युत प्राधिकरणले भारतबाट थप १ सय ७ मेगावाट विद्युत आयत गर्ने तयारी गरेको छ । ९ सय ६५ मेगावट हाराहारीमा विद्युत उत्पादन भएपनि प्राकृतिक बहावका कारण माग नधान्ने देखिएपछि भारतबाट थप विद्युत आयत गर्न लागिएको प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT


मुलुकभर हाल १३ सय ८० मेगावट विद्युत माग छ । त्यसमध्ये पिक आवरमा सञ्चालन गर्न सकिने आयोजना र भारतबाट गरि १ हजार ३० मेगावट विद्युत आपूर्ति भईरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


औधोगिक वाहेकका क्षेत्रमा विद्युत आपूर्तिका लागि प्राधिकरणले १ सय ७ मेगावट विद्युत आयत गर्ने तयारी गरेको हो । भारतबाट ४ सय ७० मेगावट विद्युत ल्याउने लक्ष्य राखेको प्राधिकरणले अहिलेसम्म ३ सय ६३ मेगावट विद्युत आयत गरिरहेको छ ।

प्राधिकरणले हिउँद लक्षित रणनीतिक योजना समेत अघि सारेको छ । सो अनुसार परिक्षणको क्रममा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना, कालीगण्डकी , मध्य र्मस्याङ्दी तथा तल्लो र्मस्याङ्दी र चिलिमे जलविद्युत आयोजनालाई समते पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना प्राधिकरणको छ ।

यस्तै साना आयोजनाबाट समेत पूर्ण क्षमताको उत्पादन गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।