काठमाडौं– नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले नयाँ लग्जरियस स्याङयोङ रेक्सटन गाडी भित्र्याएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिसनमा दुई विकल्पका साथ ती गाडी सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


ग्रुपका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा वहुप्रतिक्षित रहेको उक्त गाडी भित्र्याउन पाउँदा खुसी व्यक्त गरे । सवारी पारखीहरुले सार्वजनिक गरिएको उक्त गाडी रुचाउनेमा विश्वस्त रहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


यस्ता छन् विशेषता

मोटर्सले गाडीमा इएक्सडी २२० डीजेल इञ्जीन र मर्सिडीज–बेन्न ७ स्पीड अटोेमेटीक ट्रान्समीसनको प्रयोग गरिएको बताएको छ । जसले आरामदायी परिवर्तनको अनुभव दिँदै गतिशील ड्राइभिङको लागि क्षमता बढाउने बताइएको छ । नयाँ रेक्सटनको डिजाइनलाई ‘मेजेस्टीक थ्रीलिङ’ विषयअन्तर्गत परिकल्पना गरिएको छ । जसले गतिशील छवि दिनका साथै उच्चतम सुविधा प्रदान गर्ने कम्पनको दाबी छ ।

गाडीका विशेषताहरुमा गतिशील र विशाल फ्रन्ट लुक रहेको छ । साथै एलइडी (डीआरएल, टर्क लाइट, ब्रेकलाइट, लाइसेन्स प्लेट लाइट) उपलब्ध छ ।

सेन्टर क्रोम मोल्डीङ, २० इन्चको स्पाटर चक्कालगायतले गाडीको मोडलमा स्टाइलिसनेस र सानदार छवि थपेको कम्पनीको भनाइ छ ।

गाडीमा ४ डब्लूडी टेक्नोलोजी, रियर व्हील ड्राइभ मोड, फ्रन्ट व्हील डबल वीसबोन र रियर व्हील मल्टी–लीङक इन्डीपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभीङ स्थीरता र ड्राइभीङ अनुभव प्रदान गर्ने बताइएको छ ।

त्यस्तै, नयाँ रेक्सटनमा ९ वटा एयरब्याग र क्वाड फ्रेम (उत्कृष्ट पाश्र्व टकराव सुरक्षा) प्रयोग गरिएको छ । सुरक्षाको लागि इलेक्ट्रीक ब्रेक–फोर्स डिस्ट्रीब्युशन (इबीडी) र एन्टी–लक ब्रेक्स (एबीएस), एन्टीरोल ओभर प्रोटेक्शन (आरपी) लगायत ब्रेकहरु उपलब्ध छन् ।

त्यसका अलावा गाडीमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्फिनीटीको प्रिमियम १० स्पीकर सीस्टम, स्वचालित ढोका, सहज पहुँच भएको पूर्ण स्वचालित एयर कन्डिशन, पछाडि २२० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट रहेको जनाइएको छ ।

कती छ मुल्य ?

ब्लाक, ह्वाइटलगायत कलरमा उपलब्ध गाडी फिचर्सअनुसार १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।