काठमाण्डौ– चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सार्वजनिक गरेको अवधारणा ‘अब विश्वले चिन्नेछ नेपाल,नेपाल भित्रको नेपाल, नमुना नेपाल’ को प्रारम्भिक काम सुरु भएको छ ।


ADVERTISEMENT


धुर्मुस–सुन्तली फाउण्डेशनबाट निर्माण गरिने नमुना नेपाल परियोजनाको सर्बेको काम थालिएको हो । ललितपुरको लेलेस्थित खावा डाँडामा निर्माण गर्ने संकल्पका साथ परियोजनाको आजबाट बिधिवत रुपमा प्रारम्भिक चरण अन्र्तगतको सर्बेको काम सुरु भएको सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल इन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्ने गरि एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक इन्जिनियर रविभुषण झाको नेतृत्वमा आरआरपी सर्बे कन्सल्टस् प्रालिका प्रभास श्रेष्ठको समन्वयमा आजैबाट सर्बेको काम सुरु भएको फाउण्डेशनले जानकारी दिएको छ ।

धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् लेख्दै नमुना नेपाललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्क्यक्त गदैं नमुना नेपाल निर्माणको लागि अभियन्ता बनेर सहयोग गर्न समेत आग्रह गरेका छन् ।

    नमुना नेपालका बारेमा अवधारणा प्रस्तुत गरेपछि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ट्रोपोग्राफिकल सर्बे, डिपिआर र इआईएको काम गर्न पत्राचार गरेको थियो । सोही अनुरुप फाउण्डेशनले नेपाल इन्जिनियर्स एसोसियसनको प्राबिधिक सहायतामा उक्त कामको सुरुवात गरेका हुन् ।

फाउण्डेशनका अध्यक्ष समेत रहेका कलाकार धुर्मुसले नमुना नेपालको काम सुरु भएकोमा खुसी ब्यक्त गदैं सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे । ‘हाम्रो लागि सहयोगी मनहरुनै सबैभन्दा ठुला हुनुहुन्छ, उहाँहरुकै कारणले हामीले गरेका सबै काम सफल भएका छौँ’ । उनले भने ‘अब नमुना नेपालका लागि पनि सबैजना अभियन्ता बनेर साथ र सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’

५ अर्बको लगानीमा निर्माण हुने नमुना नेपाल धुर्मुस सुन्तली फाउण्डेशनको सबैभन्दा ठुलो परियोजना हो । फाउण्डेशनका अनुसार अनुसार परियोजना सुरु भएको ५ बर्ष भित्र नै सम्पन्न गरिनेछ ।