काठमाडौं-यमनको राजधानी सनामा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा ३९ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


हुथी नियन्त्रणमा रहेको राजधानी सेनालाई लक्षित गर्दै प्रहरी चौकीमा आक्रमण हुँदा ९० जना घाइते भएका छन् । आक्रमणमा केही कैदी समेत घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


गठबन्धनले सनाको पूर्वी क्षेत्रमा लक्षित गरी ७ पटक भन्दा बढी हवाई आक्रमण गरेको स्थानीय अधिकारीले बताएका छन् । यद्यपि, साउदी नेतृत्वको गठबन्धनले भने सर्वसाधरण लक्षित कुनै आक्रमण नगरेको बताएको छ ।

गत साता हुथी समूहको आक्रमणमा परि पछिल्लो समय गठबन्धनको समर्थन गरेका यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सलेहको मृत्यु भएपछि साउदी नेतृत्वको गठबन्धनले आक्रमण तीव्र पारेको हो ।