काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन्।
पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका आईजीपी कार्कीले डीआईजीहरूलाई समेत काठमाडौं बोलाएका हुन्। पीसीसीको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई अघिल्लो दिन नै काठमाडौं आउन भनिएको थियो। सोहीअनुसार केही डीआईजी प्रहरी प्रधान कार्यालय पुगिसकेका छन् भने केही आउने क्रममा छन्।
यद्यपि, सातै प्रदेशका डीआईजीलाई एकैपटक प्रहरी प्रधान कार्यालय बोलाउनुको कारण भने खुलाइएको छैन।



























