इटहरी – एबी होल्डिङ्स नामक कम्पनीले इटहरीको वडा नं ९ मा ग्राण्ड सेन्ट्रल चार तारे होटल निर्माण सुरु गरेको छ । पूर्वको व्यापारिक केन्द्र इटहरीमा एबी होल्डिङ्सले ६३  कोठा भएको चार तारे होटल निर्माण सुरु गरेको हो ।


ADVERTISEMENT


एबी होल्डिङ्स देशभर नै चेन होटल सञ्चालन गर्ने उद्देश्य राखी होटल निर्माण गर्न लागेको जानकारी दिएको छ ।  होटलको निर्माण सुरु भइसकेकोले आगामी १५ महिनाभित्रमा सञ्चालनमा ल्याइने र होटल बिजनेस होटलको अवधारणामा सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ । होटल पूर्वी नेपालको भ्रमण गर्ने व्यापारी तथा पर्यटकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको हो ।


ADVERTISEMENT

# # #


होटलमा स्वीमिङ पुल, जिम क्लब, स्पा, साउना बाथलगायत विश्वस्तरको  सुविधाहरु उपलब्ध हुनेछन् । आफ्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले विशेष अवधारणामा होटल सञ्चालनमा ल्याउन लागिएको कम्पनीको भनाइ   छ ।

 एबी होल्डिङ्सले इटहरीबाट सुरु भएको होटललाई आगामी १० वर्षभित्र देशभरका विभिन्न स्थानमा चेन होटलका रुपमा स्थापना गर्ने  लक्ष्य लिएको छ ।

अन्तर्राष्ट्रिय चेन होटल पनि निर्माण गर्दै

द मेट्रोपोलिटन होटल

एबी होल्डिङ्सले यसका चार तारेका अतिरिक्त  काठमाडौंमा अन्तर्राष्ट्रिय होटलको चेन होटलका रुपमा सञ्चालनमा ल्याउने गरी १०६ कोठाको पाँच तारे होटलसमेत निर्माण गरिरहेको छ ।

द मेट्रोपोलिटन होटल प्रालि नाम दिइएको उक्त होटलको व्यवस्थापन विश्वस्तरीय होटल व्यवस्थापन समूहले गर्नेछ । नेपालमा रहेका औलामा गन्न सकिने विश्वस्तरका होटलहरुको सुचीमा यो होटल पर्नेछ र भीआइपी पर्यटक र पाहुनाको रोजाइमा पर्ने कम्पनीले जानकारी दिएको छ ।

शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधारमा  लगानी

यसबाहेक एबी होल्डिङ्सले आधा दर्जन बढी व्यवशायिक क्षेत्रमा लगानी गरिरहेको छ । नेपालको आर्थिक विकासमा कम्पनी केन्द्रित रहेको जनाइएको छ ।

गोरखाको मनकामना मन्दिर छेउमा सबैभन्दा ठूलो लगानीमा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल निर्माण गरिरहेको छ । ४८ वटा कोठासहितको उक्त सुविधासम्पन्न रिसोर्ट होटलको व्यवस्थापनको जिम्मा भारतको सरोबर ग्रुपले लिएको छ ।

मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल

कम्पनीले स्वास्थ्य क्षेत्रमासमेत लगानी गरेको छ । ओम नर्सिङ होममा ओम हेल्थ केयर एण्ड डाइग्नोटिक्स सेन्टर सञ्चालनमा छ । यहाँ बिरामीहरुले सुविधाजनक तरिकाले स्तरीय सुविधा पाउनेछन् ।

कम्पनीले विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको छ भने पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबी इन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनीले आफैं वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ ।

कम्पनिले शिक्षा, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि रिसर्च गरी लगानी गर्नको लागि योजना अघि बढाएको छ ।

गृह नगरलाई अब्बल बनाउने देशबन्धु बस्नेत अजितको लक्ष्य

होटल निर्माण थालेको एबी होल्डिङ्सको सञ्चालक इटहरीका  समाजसेवी एवम् व्यवशायी चन्द्रबहादुर बस्नेतका छोरा देशबन्धु बस्नेत (अजित) हुन् । चन्द्रबहादुर बस्नेत उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्षसमेत हुन् ।

उनका छोरा अजित, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् भने महासंघ अन्तर्गतको द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका अध्यक्ष र जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूतसमेत हुन् । उनको नेतृत्वमा रहेको समितिले अब्बल काम गरिरहेको छ । जाम्बियाको दूत हुँदै अफ्रिकासँग नै राम्रो सम्बन्ध विस्तार गर्न उनले गरेको पहलले सकारात्मक नतिजा दिएको छ ।

इटहरीमा उनको वुवाले सुरु गरेको जयश्री ईँटा उद्योगले दर्जनौं मानिसलाई रोजगारी दिँदै आएको छ । व्यवशायको सिलसिलामा धेरैजसो समय काठमाडौंमा बिताए पनि अजितले आफ्नो गृह नगरलाई विशेष प्रबर्धन गर्ने गरी व्यवशायिक र सामाजिक कार्यहरु सञ्चालन गर्न लागेका छन् ।

इटहरी आफ्नो जन्मस्थल भएकोले पनि इटहरीलाई आधार बनाएर थप लगानीका योजनाहरु पनि अघि बढाएको उनले बताउँदै आएका छन् ।