काठमाडौं-राजधानीको दरमाबार मार्गमा रहेको चर्चित नाइट क्लब ‘डे जा भु’मा बुधबार मध्यरात तोडफोड भएको छ । चर्चित अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनिएको उक्त कार्यक्रममा उनी नआएपछि आक्रोशित दर्शकले क्लवमा तोडफोड गरेका हुन् ।


ADVERTISEMENT


पाँच हजार रुपैयाँको प्रवेश शुल्क टिकट काटेर करिब चार हजार दर्शक बुधबार राति ‘डे जा भु’ पुगेका थिए । डिजे मार्समेलोका लागि महंगो शुल्क तिरेर क्लव पुगेका दर्शक उनी नै नआए पछि तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ । तोडफोडबाट लाखौंको क्षति भएको क्लव सञ्चालनकले बताएका छन् ।


ADVERTISEMENT

# # #


तोडफोडको घटनापछि मासमेलोले सामाजिक सन्जालमार्फत आफू बिरामी भएका कारण आउन नसकेको भन्दै क्षमा मागेका छन् ।