काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दिपेन्द्र धिमाल विजयी भएका छन् ।


ADVERTISEMENT


एन्फाको बुधबार बसेको विशेष साधारण सभाले अधिकारी र धिमाललाई निर्वाचित गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिए । अधिकारीले सर्वाधिक ५४ र धिमालले ४७ मत प्राप्त गर्दै विजयी भएको उनले बताए । लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे । ।


ADVERTISEMENT

# # #


यो नतिजासँगै २१ सदस्यीय कार्यसमिति पूर्ण भएको छ । विशेष साधारण सभाले एन्फाको वर्तमान कार्यकालले चार वर्षभित्र देशका विभिन्न स्थानमा १० देखि १२ स्थानमा ट्रेनिङ सेन्टर स्थापना गर्ने नीति पास गरेको छ ।

साधारणसभाले मोहन कुमार इन्वाङ संयोजक रहेको पाँच सदस्यीय अनुशासन समिति गठन गरको महासचिव राईले बताए । त्यस्तै फुटसल खेल सञ्चालन, नियमन र सहजीकरणका लागि कार्यविधि बनाएको र त्यसलाई विशेष साधारण सभाले अनुमोदन गरेको उनले जानकारी दिए ।

एन्फाले फुटबललाई थप व्यवसायिक गर्दै विकास गर्न विभिन्न कार्यक्रम गर्ने योजना समेत बनाएको जनाएको छ ।