काठमाडौं – विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोड बाट हाल सेही स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।


ADVERTISEMENT


सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्नसक्ने बताए ।


ADVERTISEMENT

# # #


पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको  बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएम  सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस  बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।  बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।